Logo

१ हजार ८५७ संक्रमित थपिए, २७ जनाको मृत्यु

                     
Logo १२ भाद्र २०७८, शनिबार १७:०४    

१२ भाद्र ,काठमाडौं ।

नेपालमा शनिबार एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार १७६ नमुना परीक्षण गर्दा एक हजार ८७५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ५१६ र एन्टिजेनबाट ३४१जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ हजार ४०९ जनाको आरटी पीसीआर र ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?