Logo

कञ्चनरुपमा भाद्र २० गते बाट ६ देखि कक्षा १२ सम्म पठन पाठन गराउन पाईने

                     
Logo १८ भाद्र २०७८, शुक्रबार १७:०७    

१८, भाद्र , कञ्चनरुप ।

सप्तरीको कञ्चनरुपमा भाद्र २० गते आइतबारबाट विद्यालय सञ्चालन हुने भएको छ ।

कञ्चनरुप नगरपालिकाले शुक्रबार एक सूचना प्रकाशन गरी समुदायिक तथा संस्थागत विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी २० गते आइतबारदेखि कक्षा ६ देखि कक्षा १२ सम्म कक्षा संचालन गर्न गराउन भनि सूचना प्रकाशन गरेको छ । सूचनामा भनिएको छ । शैक्षिक क्षति न्युनिकरण गर्नका लागि विद्यालयमा शिक्षक,कर्मचारी तथा विद्यार्वीहरुलाड अनिवार्य रुपमा स्वास्थ्य सुरुक्षा सामग्री, मास्क,सेनिटाइजर आदिको प्रयोग गरी विद्यालय,शुक्षिक संस्थाहरुलाई सूचना मार्फत जानकारी गरिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेलगतै स्थानिय कञ्चनरुपले विद्यालय संचालन गर्ने लागेको हो ।

शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ०७८ र सिसिएमसीबाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनसम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयका खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

 

 

 

 


लोकप्रिय छुटाउनुभयो कि ?