

कञ्चनरुप ।
सप्तरीको खड्क नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)को जनवर्गीय संगठन युवा संघ नेपालको ५१ सदस्य नगर कमिटी गठन भएको छ ।
युवा संघ नेपालकाको नगर भेलाबाट उग्र नारायण मंडलको अध्यक्षतामा ५१ सदस्य नगरकमिटि गठन भएको हो । कमिटिमा उपाध्यक्ष नारायण साह, सचिव भवानी चौधरी,सह सचिव विल्टु सरदार, कोषाध्यक्ष ,मनिषा कुमारी सदा लगायतका पदाधीकारी रहेका छन ।
उक्त भेलामा नेकपा ( एस) को केन्द्रिय सदस्य तथा सप्तरी जिल्लाको इन्चार्ज रामप्रित पासवान, समाजवादी प्रेस संगठन नेपालका प्रदेश नं.२ को इन्चार्ज प्रकास खतिवडा नेकपा (एस) सप्तरीका का का.वा. अध्यक्ष कमरेड प्रताप नारायण चौधरी, सचिव शम्भू यादव लगायत जिल्ला कमिटी सदस्यहरु, जनवर्गीय संगठनका अन्य पदाधिकारीहरु लगायको सहभागीता रहेको थियो













