

१, आश्विन ,कञ्चनरुप ।
अपहरण मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि सप्तरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
डाक्नेश्वरी नगरपालिका–७ का ४५ वर्षीय शिव कुमार मण्डल रहेको प्रहरीले जनाएको छ भने मण्डलले २०६७ माघ १३ गते तत्कालीन ब्रह्मपुर गाविस–७ का ४५ वर्षीय जस करण चौधरीलाई अपहरण गरेका थिए । सोही मुद्दामा सप्तरी जिल्ला अदालतले ०७१ वैशाख ३ गते मण्डललाई ९ वर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
फरार रहेका मण्डललाई बिहीबार उनै घरबाटै पक्राउ गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ ।













