Logo

१ हजार २ सय ७९ ले जिते कोरोना, नौं जनाको मृत्यु

                     
Logo १० आश्विन २०७८, आईतवार १७:१८    

१० अश्विन , काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ यस ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ७ यस ३६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ५८९ जनाको पिअिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,२७९ जना संक्रमित उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १७ हजार ८१३ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३२९ संक्रमित छन् भने ३६८ जना आइसियुमा र १२० जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २३० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख २ हजार ३०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?