नविन ढकाल


११ आश्विन ,फत्तेपुर ।
सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को ७५ सदस्य नगर कमिटी गठन भएको छ ।

सप्तकोशी नगर स्तरीय कार्यकता भेलाबाट फेकुलाल चौधरीको अध्यक्षतामा ७५ सदस्य नगरकमिटि गठन भएको हो । कमिटिमा उपाध्यक्ष सुष्मा यालव र लालबहादुर वि.क, सचिव उमेश भट्टराई ,सह सचिव इन्द्र लुइटेल लगायतका पदाधीकारी रहेका छन ।
उक्त भेलामा नेकपा ( एस) को केन्द्रिय सदस्य तथा अनेम संघ की केन्द्रिय उपाध्यक्ष उषा पोखरेल, प्रेस संगठन नेपालका प्रदेश नं.२ को इन्चार्ज प्रकास खतिवडा ,नेकपा (एस) सप्तरीका का अध्यक्ष गोसवन्द न्यौपाने , क्षेत्र नं. १ इन्र्चाज नारायण आचार्य ,सचिव शम्भू यादव लगायत जिल्ला कमिटी सदस्यहरु, जनवर्गीय संगठनका अन्य पदाधिकारीहरु लगायको सहभागीता रहेको थियो । यस अघि कञ्चनरुपमा पनि विष्णु देव चौधरीको अध्यक्षतामा ५१ सदस्य नगर कमिटि गठन भएको छ ।













