११ आश्विन ,कञ्चनरुप ।


सप्तरीमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको खडक नगरपालिका–२ बेल्हीका २१ वर्षीय दिपेन्द्रलाई एघार हजार भोल्टेजको करेन्ट लागे पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

आपको रुखमा चढेर एघार हजार भोल्ट प्रवाह भएको तारमाथिबाट (माईक) हर्नको तार क्रस गर्नेमा मण्डललाई करेन्ट लागेर घाइते पछि उपचारकोलागि उनलाई लहानस्थित कामना नर्सिङहोम पुर्याए पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकासप्तरीले जनाएको छ ।













