Logo

एक हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

                     
Logo १३ आश्विन २०७८, बुधबार १७:४५    

१३ आश्विन ,काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार १ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा १४ हजार ५४१ नमुना परीक्षण गर्दा एक हजार १५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८९२ र एन्टिजेनबाट २६५ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा १० हजार ६५२ जनाको पीसीआर र ३ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?