Logo

काठमाडौंका एक होटेल संचालक होटेलमा बसेर पैसा नतिरि भागेको भन्दै खोज्दै सप्तरी आए

                     
Logo १७ आश्विन २०७८, आईतवार ११:४५    

राजविराज ।

काठमाडौंका एक होटेल संचालक होटलमामा बसेको पैसा बाँकि रहको भन्दै खोजदै सप्तरी आईपुगेका छन ।

शनिवार नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरी मोरङको पथरी शनिश्चरे नगरपालिकाका सुभाष धिमालले घटनाको बारेमा जानकारी गराएका हुन ।

काठमाडौंको गौशालास्थित ग्रीन हाउस नामक होटेल सञ्चालन गर्दै आएका धिमालले आफ्नो पैसा उठाउनमा सहयोग गरिदिनुहुन संचारकर्मीहरुलाई आग्रह गरे ।

होटेलमा २ महिनाबढी समयदेखि बस्दै आएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ८ तोपाका अशोक कुमार झाले पैसा नतिरेर भागेको होटल व्यवसायी धिमालको बताए । झा कहिलेकाही आउनुने बस्ने पैसा पनि तिरेर जाने गरेको तर पछिल्लो पटक दुई महिनाभन्दा बढी समय बसेको र खाना खाएको पैसा नतिरेर गायब भएको पत्रकार सम्मेलनमा धिमालले बताए ।

झाले ०७७ मंसिर २० गते होटेलमा आई बसेको छोरीको उपचारको लागि आएको हुँ भनेको पनि सुनााए । माघ २९ गतेसम्म बसि अचानक गायब भएको उल्लेख गरे ।

धमालका अनुसार फोन गरेर पैसा माग्दा पनि अनाकानी गदै आएको होटेल व्यवसायी धिमालको बताए । झा माथि ६३ हजार रुपैयाँ भन्दा बढी रहेको उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?