१६ आश्विन ,कञ्चनरुप ।


सुनसरी र सप्तरी क्षेत्रमा आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा आज बिहान मृतावस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिए ।
उनका अनुसार शनिबार राति १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना बिहान धानबारीमा मृतावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको करेन्ट लागेर मृत्यु भएको पाइएको थियो ।

विगत ४र५ वर्षदेखि मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको थियो । यसको उपद्रो सहन नसकेर स्थानीयवासीले मार्ने उपाय खोजिरहेको थिए ।












