१८ आश्विन ,राजबिराज ।


राजबिराज उच्च अदालत वार एशोसिएसनको आयोजनामा हिजो विजया दशमी ,शुभदिपावली एबम छठ पर्वको उपलक्ष्यमा वारले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
कार्यक्रममा प्रमुख अथिती उच्च अदालत अनकपुर राजबिराज इजलासका माननिय न्यायाधीश कृष्ण गिरिले न्याय सम्पादनमा न्यायाधीशहरु जति जिम्मेवार छन् कानुन व्यावसायि पनि उतिनै जिम्मेवार रहेको बताउनु भयो। स्वतन्त्र ,निश्पक्ष र स्वच्छ न्याय सबैले चाहाने र कानुन व्यावसायिहरुले निर्वाह गरेको भुमिकालाई सामान्य भन्दा सामान्य मानिसले कुन रूपमा मुल्यांकन गर्दैछ , न्याय दिने र न्यायको लागि पहल गर्ने कानुन ब्यबसायीहरुले आत्माबोध गर्नुपर्ने बताउनु भयो ।अरुलाई दोस दिनु भन्दा साकारत्मक सहयोग गर्नाले सँस्थालाई पनि फाइदा हुने र आफुहरु च्युत नहुने बताउनु भयो । समस्या भए वार र बेन्चले बसेर छलफल गरे वार र बेन्चको सम्बन्ध पनि बलियो हुने बताउनु भयो।

त्यसैगरी उच्च अदालतकि न्यायाधीश शान्ति सिंह थापाले प्राचीन इतिहास बोकेको राजबिराजले धेरै कानुनका बिद्यार्थी उत्पादन गरेको र याहाँको मुद्धा को प्रकृति हेर्दा कार्वाहीको दृस्ठिकोणले विश्वविद्यालय जस्तो लाग्ने र आफुले न्यायप्रतिको समर्पण ,निषठा इमान्दारीतामा बिचलन आउन न दिने बताउनु भयो ।
त्यसैगरी उच्च अदालतका अर्का मानवीय न्यायाधीश दिपेन्द्र अधिकारिले न्यायकर्मिहरु अभियान्ताका रूपमा रहेको र दशैमा दुर्गा भवानीले सबैलाई सद्बुद्धी दिउन र दिपावलिमा बाहिरको अध्यारो बत्तीले फाले झै हामीले मन भित्रको अँध्यारो फाल्न आफ्ना कमि कमजोरीहरुलाई सच्याउने पयत्न गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा उच्च वारक पुर्व अध्यक्ष महेन्द्र चौधरी ,जिल्ला वारका अध्यक्ष , उच्च वारका निवर्तमान अध्यक्ष रामानन्द साह , जिल्ला वारका अध्यक्ष डोमन साह, कानुन ब्यबसायी देव नारायण चौधरी ,रुद्र नारायण चौधरी ,रामजी साह ,देव नारायण यादव ,श्यामनारायण साह ,गजराज पाणडे,दानो चौधरी ,पार्वती जोशी ,पुणय प्रस्ताव यादव ,सुजित पोखेरल र अजय झा ले समेत स्वागत मन्तव्य दिनुभएको थियो र उक्त कार्यक्रममा नवनियुक्त उच्च अदालत राजबिराजकि न्यायाधीश शान्ति सिंह थापालाई प्रमुख अथितिले माला र खादा ओडाई स्वागत गर्नुभएको थियो ।












