Logo

एक दसकपछि ५५ जना सहित राजकुमार लेखी पुःन एमालेमा

                     
Logo २० आश्विन २०७८, बुधबार ०४:२७    

१९, आश्विन ,कञ्चनरुप ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखी लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राजकुमार लेखी सहित ५५ जना एमाले नेकपा एमाले प्रवेश गरेका छन ।

गोदावरीमा भएको एमालेको विधान महाधिवेशनको अन्तिम दिन आईतवार लेखी ५५ जना सहित एमाले प्रवेश गरेका हुन ।

प्रवेश गर्नेहरु मध्ये कञ्चनरूप नगरपालिकाका तत्कालिन राजपा प्रत्यासी मेयर पदका उमेदवार माधव चौधरी, वडा नं। २ का प्रत्यासी वडा अध्यक्षका उमेदबार बच्चा साह(बच्चु) र वडा नं. ६ का प्रत्यासी वडा अध्यक्षका उमेदवार डम्बर साह समेत छन् ।

उक्त पार्टीका कार्यकर्ता वडा नं। २ का धनश्याम साह, राजकिशोर साह(गुडू), रोशन गुप्ता छन् । वडा नंं ३ बाट रणधिर चौधरी , उमेश चौधरी र रूपेश चौधरी छन् ।

यसै गरी बैद्यनाथ चौधरी , लक्ष्मीनारायण चौधरी ,प्रदिप चौधरी, लक्ष्मीकान्त चौधरी, दिपक चौधरी , भिकन चौधरी , शम्भु चौधरी , शशी चौधरी, हरिहर चौधरी, मुरारी चौधरी, रामबहादुर चौधरी, श्याम शर्मा , ललितनारायण चौधरी र मोहम्द हजरत लगायतका एमाले मा प्रवेश गरेका छन् ।

पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका लेखीले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्‍भावना पार्टीसँग एकता गरे यता मधेस केन्द्रित दलमा रहेका थिए । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उहाँ महन्थ ठाकुर पक्षमा लागेका थिए।

एमाले परित्याग गरेको एक दसकपछि उनी फेरि एमाले फर्केका हुन्। उनले आदिवासी जनजाति आन्दोलन, थरुहट आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। थारु कल्याणकारिणी सभामा रहेर होस् या आदिवासी जनजाति महासंघमा होस्, उनले आदिवासीका सबालमा अग्रणी भूमिका खेलेका थिए।

लेखी एमालेमा रहँदा विभिन्न पार्टीभित्रका विभिन्न संगठनहरुमा रहेर काम गरेका थिए। उनी सप्तरी(काठमाडौं जनसम्पर्क मञ्चको अध्यक्ष भएर काम गरे, लोकतान्त्रिक आदिवासी महासंघको सचिवालयमा रहेर काम गरे, युव संघको प्रचार प्रसार विभाग र जनवर्गीय संगठनमा रहेर उनले काम गरेका थिए। पहिलो संविधानसभा विघटन भएपछि उनी असन्तुष्टि जनाउँदै एमाले परित्याग गरेका थिए।

एमाले प्रवेश गर्नुअघि उहाले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेगरेका थिए। कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि एमाले प्रवेश गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?