Logo

मोरङको कर्सिया बजारको सिटिजन बैंकमा लुट्ने प्रयास ,तीन जना पक्राउ

                     
Logo २५ आश्विन २०७८, सोमबार १७:५७    

२५,आश्विन ,विराटनगर ।

मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्ने प्रयास प्रयास भएको छ । सोमबार दिउँसो भारतीय लुटेरा समूहले सिटिजन्स बैंकको कर्सिया शाखा लुट्ने प्रयास गरेको हो ।

तर बैंक लुट्ने प्रयास असफल भएको प्रहरीले जनाएको छ । लुटेरा समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा उनीहरुले गोल समेत चलाएको थियो । लुटेरा समूहको गोली लागेर एक सुरक्षागार्ड घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

लुटेरा समूहका तीन जनालाई जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ ।

उनीहरु भारतीय नागरिक भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?