Logo

आज भएको बरमझिया फुटबल टुनामेन्ट प्रतियोगिताको खेलमा भालमन्ति उदयपुर विजयी

                     
Logo १ कार्तिक २०७८, सोमबार १८:२९    

१ कार्तिक , कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप स्थित बरमझियामा फुटबल टुनामेन्ट प्रतियोगितामा आज भएको खेलमा एम यफ सि युवा कल्ब महुली मगरटोललाई हराउदै आर्दश युवा क्लब भालमन्ति उदयपुर सेमि पाइनलमा प्रवेश गरेको छ ।

आज ३ बजे देखि शुरु खेल समय सकिदा सम्म दुबै टिमले १।१ गोल गरि बराबरी भएपछि पेनाल्टी आधारमा छनौट गर्दा उदयपुरको आर्दश युवा क्लब भालमन्तिले १ गोल गरि समेमिफाइनलमा प्रवेश गरेको हो ।

बरमझियामा फुटबल टुनामेन्ट प्रतियोगिता गत आश्विन २७ गते सप्तरीको बरमझिया खेल मैदानमा सुरु भएके थियो ।

प्रतियोगितामा सहभागी ८ टोली सहभागीता थियो भने फाइनल खेल कार्तिक ५ गते हुने छ।

तियोगिताको बिजेताले २० हजार र उपबिजेताले १० हजार रुपैंया पुरस्कार पाउनेछन । यस्तै उत्कृष्ट डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर, गोलकिपरलाई समेत पुरस्कार प्रदान गरिने आयोजक टिमले हरोज स्पोर्टिङ्ग क्लब बरमझिया जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?