Logo

कोशी व्यारेजबाट हाम फालेर ५८ वर्षिय पुरुष बेपता

                     
Logo ६ कार्तिक २०७८, शनिबार १७:५०    

६ कात्तिक , कञ्चनरुप ।

कोसी ब्यारेजबाट सप्तकोशी नदीमा एक पुरुषले हाम फाल्दा बेपता भएका छन । इटहरी उपमहानगरपालिका १ बस्दै आएका ५८ वर्षिय तिलकप्रसाद दाहाल सप्तकोशी नदीमा शनिबार हाम फालेर बेपता भएको प्रहरीले जनाएको हो ।

कोशी ब्यारेजको १३ नम्बर ढोका नजिकैको ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा आएका दाहालले नदीमा हामफालेका दाहालको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाहालको मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । पर्समा ५८ वर्षिय तिलकप्रसाद दाहाल नाम गरेको परिचयपत्र फेला परेको छ । ढोकाको १३ नम्बर गेटमा आएर परिवारका सदस्यलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी गराएको प्रहरीको भनाइ छ ।

प्रहरीकाअ नुसार सो सूचना पाएसँगै १३ नम्बर गेटमा आएर हेर्दा मोटरसाइकल चप्पल र पर्स फेला परेपछि अहिले दाहालको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?