Logo

फरार एमाले सांसद खातुन मुख्यमन्त्रीलाई विश्वासको मत दिन आउने चर्चा, प्रहरी ‘हाइ अलर्ट’मा

                     
Logo ७ कार्तिक २०७८, आईतवार १४:३६    

७ कात्तिक ,विराटनगर ।

फौजदारी मुद्धा लागेकी प्रदेश १ का एमाले सांसद गुलेफुन खातुन फरार छन् । खातुन मोरङबाट समानुपातिक सांसद हुन् ।

सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएपछि सांसद खातुन लामो समयदेखि प्रदेशसभा बैठकमा उपस्थित भएकी छैनन् । उनी कहाँ छिन रु कसलाई थाहा छैन । तर, प्रदेश १ मा विश्वासको मतदान हुने बोल उनी चर्चामा आउँछिन् । आइतबार पनि सांसद खातुनको प्रशंग उठेको छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएपछि खातुन मतदानका लागि आउने कुराले उनी चर्चा आएकी हुन् ।

कानुनी रुपमा दोसी भएकी उनी हाल पनि प्रहरीको नजरमा भने फरार रहेकाले उनलाई पक्राउ गर्ने मनस्थितीमा मोरङ प्रहरी रहेको पनि बताइएको छ । उनलाई रकारी कागजात किर्ते गरेको अभियोग लागेको थियो ।

उक्त अभियोगमा उनी अदालतबाट दोषी ठहर समेत भएकी छिन् । त्यसपछि उनी फरार रहेकी छन् । उनलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

उनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन आउने भन्ने चर्चापछि मोरङ प्रहरी ‘हाइ अलर्ट’मा रहेको छ । सांसद मियाँलाई सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?