Logo

बंगलादेशमा हिन्दूमाथि भएको घटनाको विरोद्ध गर्दै राजविराजमा प्रर्दशन

                     
Logo ७ कार्तिक २०७८, आईतवार १८:०७    

७ कात्तिक,कञ्चनरुप ।

बंगलादेशमा हिन्दूमाथि भएको घटनाको विरोद्ध गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै राजविराजमा प्रर्दशन भएको छ ।

बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा आइतबार राजविराजमा प्रदर्शन भएको हो ।

विश्व हिन्दू युवा संघ सप्तरीको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् ।

बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।

स्थित शिव मन्दिरको प्रङ्गणबाट निस्केको विरोध जुलुस नगर परिक्रमा गरी दशन चौकमा पुगेर विरोध जुलुस कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागिहरुले हिन्दूमाथीको दमन बन्द गर नाराहरु लगाएर जुलुस नगर परिक्रमा गरेका थिए ।

हिन्दू माथि भईरहेको आक्रमण तथामठ मन्दिरमा भईरहेको तोडफोड एवम् आगजनि नियन्त्रणमा नलिए त्यसको परिमाण भ्यावह हुन सक्ने आक्रोशित युवाहरुले चेतावनीसमेत दिएका छन् । कोणसभामा बोल्दै विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य अर्जुन प्रसाद साहले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दू तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिए ।

उनले भने, ‘हामी कसैको विरुद्धका आन्दोलन गरेको होईन, मानवता विरुद्ध भईरहेको अमानविय कार्यको विरोध गरेका हौ, चाहे विश्वको कुनैपनि देशमा रहेको अल्पसंख्याको पक्षमा आवाज उठाउँछौ । यदी शेख हसिनाले पनि बंगलादेशमा रहेको अल्पसंख्यक हिन्दूलाई संरक्षण गरेन भने, त्यसको परिणाम राम्रो हुदैन, यहाँका बहुसंख्यक हिन्दूपनि सुतिरहेको छैन ।’विश्व हिन्दू युवा संघ सप्तरीका अध्यक्ष दिपेश देव जोशीको नेतृत्वमा कार्यक्रमको आयोजना गरिएको थियो ।

विश्व हिन्दू युवा संघ सप्तरीका अध्यक्ष दिपेश देव जोशीको नेतृत्वमा कार्यक्रमको आयोजना गरिएको थियो


लोकप्रिय छुटाउनुभयो कि ?