१० कात्तिक, कञ्चनरुप ।


सप्तरी स्थित पुर्व पश्चिम राजमार्गको कठौना सडक खण्डमा एक हरिण मृत अवस्थामा भेटिएको छ ।
शम्भुनाथ नगरपालिकामा अन्र्तत कठौना चोकमा १ सय किलो तौल बराबरको जंगली वयस्क हरिण मृत भेटिएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

राजमार्गमा गुढने कुनै सवारी साधनले विहान करिब ४ बजेको समयमा ठक्कर दिँदा हरिण मरेको हुनसक्ने प्रहरी प्रहरीअनुमान छ मृत हरीण ईलाका वन कार्यालय रुपनीको जिम्मा लगाइएको जनाएको छ । थप अनुसान्धान भैरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।












