१० कात्तिक, कञ्चनरुप ।


सप्तरी स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गतको खडक नगरपालिका–७मा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
राजमार्गमा पैदलयात्रीलाई पश्चिमतर्फ जादै को १ ख ७७८४ नम्बरको बसले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय ४० वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी महिलाको रुपनीस्थित युनिक अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरे पछि शव पोष्टमार्टमकालागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने बस चालक मोरङका धनपालथान गाउँपालिका–३ मयागनका बिनोद राजवंशीलाई नियन्त्रणलाई लिई थप अनुसन्धान भईरहेको सप्तरीले जनाएको छ ।












