Logo

उल्लासका साथ सकियो छठ पर्व ( फोटो फिचर )

                     
Logo २५ कार्तिक २०७८, बिहीबार ०८:३८    

२५ कात्तिक कञ्चनरुप ।

उदाउँदै गरेको सूर्यलाई आज (बिहीबार) बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सम्पन्न भएको छ । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएको सकिएको हो ।

केही वर्षअघिसम्म तराईमा मात्र सीमित छठ पर्व बिस्तारै सम्पूर्ण नेपालीको पर्व बन्दै गएको छ। अहिले के पहाड,के भित्री मधेस, के संघीय राजधानी,सबैतिर छठको रौनक लाग्ने गरेको छ ।

योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको हो । प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्छन् ।

दौरा (पूजा सामग्री तथा प्रसादले भरिएको टोकरी० बोकेर घरका पुरुष सदस्यले छठघाटसम्म लगिदिने चलन छ । दोस्रो दिन बेलुका एकछाक अलिनो रसिआव रोटी खाएपछि व्रतालुहरु निराहार व्रत बस्छन् । व्रत परिवारका एक दुई जना सदस्य मात्रै बस्ने गरेपनि कोशी भर्ने कार्यमा परिवारका सबै सदस्य सहभागी हुन्छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?