२५ कात्तिक , कञ्चनरुप ।


पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरी स्थित कञ्चनरुप नगरपालिका अन्र्तगत बरमझिया सडक खढडमा गए राति सडक दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले बीआर ३८ आर ८१७३ नम्बरको मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको प्रहरीले जाएको छ ।

ठक्करबाट मोटरसाइकलमा सवार भारत विहार राज्यको सुपौल जिल्लाको बलुवा—३ का २२ वर्षीय राजु कुमार तिवारीको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । दुर्घटना गम्भीर घाइते भएका तिवारीलाई उपचारकोलागि विराराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरी बताएको छ। भने मोटरसाइकलमा पछाडि सवार पहिचान नखुलेका ३१ वर्षीय अर्का एक पुरुषको पनि दुर्घटना परेर मृत्यु भएको जनाएको छ ।
गम्भिर घाईते, पैदलयात्री कंचनरुप नगरपालिका—२ बरमझियाका १९ वर्षीय रोहन प्रसाद गुप्ता रहेकका प्रहरीले जनाएको छ भने उनलाई थप उपचारकोलागि विराटनगर पठाईएको छ । बस र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।












