Logo

गए राति सप्तरीको रुपनगरमा १५ लाख बराबरको चोरी

                     
Logo २६ कार्तिक २०७८, शुक्रबार १७:५७    

२६,कात्तिक कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१२, रुपनगर चौकमा रहेको मणिराज महतोको घर र हाडवेयर पसलमा चोरी भएको छ ।

उनको पसल तथा घरबाट विहिवार राति नगद तथा गर गहना गरि करिव १५ लाख रुपैयाँ बराबरको चोरी भएको बताइएको छ । घरको मुल गेटको ताला तोडी भित्र पसेर सुत्ने कोठामा रहेको दराज फोडि त्यसमा रहेको १० लाख वरावको गरगहना साथै पसल पट्टिको भित्रि ढोका फोडि गल्लामा रहेको नगद ५ लाख लगेको महतोले बताए ।

प्रहरीका अनुसार चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी हुनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?