Logo

सप्तरीको कञ्चनरुप ५ मा नेपाली कांग्रेसको वडा अधिवेशन सर्वसहमत सम्पन्न, सयौको संख्यमा कांग्रेसमा प्रवेश

                     
Logo २७ कार्तिक २०७८, शनिबार १९:०६    

२७ कात्तिक ,कञ्चनरुप ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत शनिवार कञ्चनरुप नगरपालिकाको वडा नं. ५मा नगर वडा अधिवेशन सम्पन्न भएको छ ।

१४ औं महाधिवेशनबाट नेकपा (एमाले) त्यागेर स्थानिय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ऐमालबाट प्रवेश गर्नेमा लक्ष्माण सरदार , खटर सदा, झगरु मुखिया ,प्रसान्त खंङ, बुद्धीलाल ठाकुर सहित ५० जनाको समुह रहेको नेपाली कांग्रेस नेता तथा कञ्चनरुप नगरपालिका वडा नं.५ वडा अध्यक्ष कैलास कुमार सहले बताए । प्रवेश गर्नहरु केहि दिन अधि एमालेका नेता सत्यनारायण मण्डलले टिकालाई एमालेमा प्रवेस गराको समेत बुभिएको छ ।

यसै गरी जनता समाववादी पाटी ( जसपा) परित्याग गरी उदित नारायण सरदार,उर्मिला साह ,राम मुखिया , विन्देश्वरी खंङ, इनरदेव खंङ लगायत ५० जनाको समुह कांग्रेसमा प्रवेश गरे को वडा अध्यक्ष साहले बताए । साहका अनुसार जसपाका नेता नवल किसोर साहले जसपा प्रवेश गराइएका नतनै कार्यकर्ता हाल काग्रेशमा प्रवेश गरोको बताए ।

महाधिवेशनको वन्दसत्रबाट देव नारायण महतोको सभापतीत्वमा १७ सदस्य वडा कमिटी सर्वसहमत भएको छ भने कैलास कुमार साह सहित १७ सदस्य क्षेत्रिय प्रतिनिधि समेत चयन भएको छ ।

सभापति : देवनारायण महतो

उप—सभापती : बाबुराम सरदार

उप—सभापती : लोचनी देवी सरदार

सचिव : रमानन्द सरदार

सचिव : चन्द्र नारायण साह

सह— सचिव : देवकी देवी मुखीया

सह— सचिव : सिता देवी साह

सदस्य : चौधरी सरदार

सदस्य : सदामा मुखीया

सदस्य : वौलाला मुखिया

सदस्य : भरत मुखीया

सदस्य : दुखनी मलाहा

सदस्य : गल्टी देवी मुखीया

सदस्य : आरुहुलीया मुखीया

सदस्य : हार सदा

सदस्य :  मनभरण सदा

 

 


लोकप्रिय छुटाउनुभयो कि ?