२८,कात्तिक राजविराज ।


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध सप्तरीका कानुन व्यबसायीहरुले हातमा कालोपट्टी बाँधेर १ घण्टा प्रदर्शन विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला बार एशोसिएसन सप्तरीको नेतृत्वमा आइतबार कानुन ब्यबसायीहरुले हातमा कालोपट्टी बाँधेर १ घण्टा विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल बार एशोसिएसन सप्तरीका अध्यक्ष डोमन साहको अगुवाइमा जिल्ला अदालत राजबिराजको मूल गेट बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना बसेर बिरोध जनाएका हुन् । नेपाल बार एशोसिएसनको निर्धारित बिरोधका कार्यक्रम अन्तर्गत आन्दोलनमा एकिबद्वता जनाउँदै कानुन ब्यवसायीहरु आन्दोलनमा उत्रिएको अध्यक्ष साहले जनाएका छन ।
अध्यक्ष साहका अनुसार भोली र पर्सी समेत आन्दोलनलाई निरन्तरता दिदै हातमा कालोपट्टी बाँधेर जिल्ला अदालतको मूल गेटमा १ घण्टा धर्ना बस्नेलगायतका बिरोधका कार्यक्रम आयोजना गर्ने बताए ।












