३० ,कात्तिक , कञ्तनरुप ।


नेकपा माओवादी विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको मागसहित आह्वान गरेको नेपाल बन्दको प्रभाव सप्तरी सहित प्रदेश २ ८ जिल्लामा आंशिक मात्रै परेको छ ।
बन्दको कारण लामो दुरीको सवारीसधान साधन सन्चालनमा केही कमी भए पनि छोटा दुरीका सवारी साधन पूर्ण रुपमा चलेका छन् ।

बन्दका कारण सप्तरीमा २५ धनुषामा १०, महोत्तरीमा ४०, सर्लाहीमा २५, रौतहटमा २५, बारामा ५० र पर्सामा ५० प्रतिशत यातायातका सवारी सधान प्रभावित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।












