३० कात्तिक ,कञ्चनरुप, ।


पुर्व उपप्रधानमन्त्री एबम जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीको सरकारले जनताको प्रतिनिधित्व हुने संस्था प्रतिनिधिसभा २ पटक बिघटन गरेर लोकतन्त्रलाई समाप्त गर्ने दुस्हासलाई बिफल पारेको बताएका छन् ।
सप्तरीको कंचनपुरमा मंगलबार आयोजित संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान एवम बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

अध्यक्ष यादवले लामो संघर्ष र सहिदको वलिदानीबाट प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भईरहेको चर्चा गर्दै गणतन्त्र,संघीयता समाबेशिता सहितको उपलब्धि रक्षाका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
देशमा संघीयता, गणतन्त्र, समाबेशिता सहितको ब्यबस्था स्थापनाकामा जसपाको अग्रणी भुमिक रहेको उल्लेख गर्दै अध्यक्ष यादवले स्थानीय सरकार देखि साँसद र राज्यको हरेक शासन र प्रशासन सम्म मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला, अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित संघीय प्रणालीकै कारण भएको प्रष्ट पारे । अध्यक्ष यादवले अहिलेको निर्वाचन र शासकीय प्रणाली परिबर्तन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले जसपा मुलुकमा विभेद र भेदभाव परेका समुदायलाई राजनीति अधिकार सम्पन्न बनाउन संघर्षरत रहेको बताए । पार्टी प्रबेश गरेर सामाजिक रुपान्तरणको महाअभियानमा ठूलो टेवा पुगेको भन्दै खुशी व्यक्त गर्दै अध्यक्ष यादवले नवप्रवेशी नेताकार्यकर्तालाई पार्टीमा उचित स्थान दिने प्रतिबद्धता व्यक्त गरे ।
अर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार भएको उल्लेख गर्दै पुर्व उपप्रधानमन्त्री यादवले माथी देखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित बिकास हुन नदिएको स्पष्ट पारे । यादवले छिटै नागरिकता समस्या सामाधान हुने बताए ।
नागरिकता सम्बन्धि ऐना साँसदमा पेश भईसकेकोले चाडै साँसदबाट पास हुने बिश्वास व्यक्त गरे । पुर्व उपप्रधानमन्त्री यादवले बन्द रहेको उधोगलाई पुनः संचालनमा ल्याई स्वादेशमै रोजगारीको सिर्जना गर्न जसपा लागेको समेतको बताए । जनता समाजवादी पार्टी नेपाल कंचनरुप नगरपालिका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमा राष्ट्रिय सभा सदस्य एबम पुर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक बिकास मन्त्री नवल किशोर साह,सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, जसपा तराई मधेश प्रदेश समितिका निवर्तमान मुख्य सचिब शम्भु झा, जसपा सप्तरीका अध्यक्ष केदार यादव, नवप्रबेशी नेवाः देयः दबु प्रदेश नम्बर २ का अध्यक्ष दक्ष नारायण श्रेष्ठ, पुर्व जिल्ला उपसभापति भुपेन्द्र चौधरी,नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब भोला पासवन लगायतकाले सम्बोधन गरे । जनता समाजवादी पार्टी कंचनरुप नगर सचिब चित्तरंजन यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष कल्पना चौधरीले गरिन भने धन्यवाद ज्ञपन जिल्ला सदस्य रामेश्वर यादवले गरेका थिए ।
जनता समाजवादी पार्टी कंचनरुप नगरपालिकाद्वारा आयोजित संगठन सुदृढीकरण तथा वृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता एवम नेवाः देयः दबु प्रदेश २ का अध्यक्ष दक्ष नारायण श्रेष्ठ र पुर्व जिल्ला अध्यक्ष बम बहादुर श्रेष्ठको नेतृत्वमा ४ सय भन्दा बढी काँग्रेस नेताकार्यकर्ता जसपामा प्रवेश गरे । यसैगरी माओवादी केन्द्र निकट वाईसीएल सप्तरीका उपाध्यक्ष एबम प्रदेश सदस्य शोभा पासवान, नेकपा राज्य समिति सदस्य रबिन पासवानको नेतृत्वमा माओबादी केन्द्र परित्याग गरि सयौं संख्यमा जसपामा प्रवेश गरे जसपा नगर अध्यक्ष सुदम्बर यादवले बाताए ।












