Logo

कञ्चनरुप हायस दुर्घटना अपडेट : मृतकको संख्या २ पुग्यो एकको अवस्था चिन्ता जनक

                     
Logo २ मंसिर २०७८, बिहीबार १९:०४    

२ मंसिर, कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप वेरियरमा हायस र बस ठोकिदा एक जनाको घटना स्थलमा मृत्यु भएको थियो भने थप १ जनाको मृत्यु भएको छ ।

कंचनरुप नगरपालिका वडा नं.८ बेरियर चोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पश्चिमतर्फ आउदै गरेको ना ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५०७९ नम्वरको हाईयस गाडीलाई ठक्कर दिंदा हाईसमा सवार जिल्ला काठमाण्डौ का।म।न।पा। बस्ने अंन्दाजी बर्ष ३८ को गृषमान सिंहको घटनास्थलमा मृत्यु भएको तथा जिल्ला जिल्ला मोरङग बिराटनगर म. न. पा. ३ बस्ने अंन्दाजी बर्ष ४१ को चुडा बहादुर बस्नेतलाई उपचारको लागि विराटनगर तर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको, घाईतेहरूमध्ये जिल्ला काठमाण्डौ क्षेत्रपाटी बस्ने अंन्दाजी बर्ष ४० को हाल नाम नखुलेको पुरूष व्यक्तिको टाउको मा चोट लागि अवस्था गम्भिर रहेको र उनको हाल जिल्ला मोरङ, बिराटनगर स्थित गोल्डेन असप्तालमा उपचार भई रहेको, साथै अन्य ५ जना समान्य घाईते भएका व्यक्तिहरूको स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भईरहेको अवस्था समान्य रहेको, दुवै सवारी साधन सहित सवारी चालक समेत ईलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?