अम्विका दहाल


१२ मंसिर , राजविराज
विश्व हिन्दु युवासंघका केन्द्रिय अध्यक्ष ऋषिकेश जङ्ग शाहले विश्व हिन्दु महासंघ भित्र सबै पार्टी अटाउने , समाज र देशलाई एक बनाउने काम गरेको र गरिरहने बताए ।

जनताको लालपुर्जा आफ्नो साथमा छ , जमिन जनताको हो तर उपभोग अरुले गरिरहेको छ तर त्यसको समस्याको समाधान गर्न नसक्ने राजनीति प्रणाली फेल रहेको बताए ।
उनले मिथिला सभ्यता सन्सारको सबैभन्दा उत्कृष्ट सभ्यतामा पर्ने र त्यो यही मिथिलामा रहेको बताउनु भयो । राजा जनक सन्सारका उदाहरणिय राजा भएको कारण राजा जनक जस्तै हुनुपर्छ भन्ने उदाहरण दिने गर्छन् ।
उनले सन्सारको सबैभन्दा पहिलो लिखित दस्तवेज मधेसमा रहेको र त्यो खोज्न आफुहरु चाडैं नै जनकपुर आउने बताउनु भयो । जनकपुरको राजेश्वर विश्वविधालयमा अषट मोक्षको ज्ञानको अध्यापन हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा पत्रकार महासँघ कि केन्द्रिय सदस्य ललिता साह , पत्रकार महासँघ शाखा सप्तरीकि उपाध्यक्ष अम्विका दहाल , अन्तरास्ट्रिय मैथिली परिषदकि महासचिव करुणा झा, नेपाली काङ्ग्रेसकि अग्रज नेत्री तारा मिश्रा ,नेपाली काङ्ग्रेसका युवा नेता सब्बिर आलम ( गुलाफ ) ,प्राध्यापक सुर्य नारायण साह ,समाज सेवि मन्जु साह ,नेपाली काङ्ग्रेसका युवा नेता नन्दकिशोर यादव लगाएतले मन्तव्य दिएका थियो ।
होटेल आइगार्डेनमा भएको उक्त कार्यक्रम को अध्यक्षता विश्व हिन्दु युवा संघका सप्तरी जिल्ला अध्यक्ष दिपेश जोशीले गर्नुभएको थियोे भने स्वागत रमिला साहले गर्नुभएको थियोे ।













