Logo

माओवादी केन्द्र अधिवेशन : कञ्चनरुपमा ६० सदस्य नगरकमिटि गठन

                     
Logo ११ मंसिर २०७८, शनिबार १९:०५    

११ मंसिर कञ्चनरुप ।

नेकपा (माओवादी केन्द्र)ले शनिबार सप्तरीको कञ्ञ्चनरुप नगरपालिका पालिका स्तरीय अधिवेशनमा ६० सदस्य कमिटि सर्बसम्मत गठन गर्दे सम्पन्न गरको छ ।

माओवादी केन्द्रले स्थानिय तहमातहतमा आफना कमिट गठन तथा पुनर गठन गर्दै लैजाने केन्द्रिय नितिअनुसार कञ्चनरुपमा आज नगरअधिवेशन सम्पन्न गरेको हो ।

रामबिहारी राउतको अधक्षतामा ६० सदस्सिय नगर कमिटि सर्बसम्मत गठन गरिएको छ । जसमा उपाध्यक्ष बन्शी प्रशाद चौधरी, ममता सरदार र योगेन्द्र प्रसाद यादबरहेका छन । यस्तै सचिब सरोज भन्डारी ,सह सचिब जित बहादुर बिक र कोषध्यक्षमा पपिता सरदारलाई सर्वसहमत चयन गरिएको छ ।

माओवादी केन्द्रले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने तय गरेको थियो भने पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल’माध्यमबाट सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गरेका थिए।


लोकप्रिय छुटाउनुभयो कि ?