Logo

काङ्ग्रेस महाधिवेशन : सप्तरी क्षेत्र नं.१ मा ८ जना महत्मानको समुहबाट र ६ जना गुप्ताको समहबाट बिजय

                     
Logo १६ मंसिर २०७८, बिहीबार १८:१७    

१६ मंसिर कञ्चनरुप ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं.१ को महाधिवेशन प्रतिनिधिको महिला खुल्ला पदको र खुल्ला प्रतिनिधिकालागी भएको निर्वाचनमा बद्री प्रसाद महत्मानको समुहबाट ८ जना रललनप्रसाद गुप्ताको समुहबाट जना निर्वाचित भएका छन ।

महाधिवेशन प्रतिनिधि महिला ४ र खुला १० गरि १४ सिटमा दुवै समुहबाट २८ जनाले उम्मेदबारी दिएका मध्ये बद्री प्रसाद महत्मानको समुहबाट ८ जना रललनप्रसाद गुप्ताको समुहबाट जना निर्वाचित भएका हुन । ७१४ मतदाता भए पनि ६९८ मात्र मत खसेको थियो ।

महत्मानको समुहबाट उमेदवारी दिएकी निरु पोखरेलले सर्बाधिक ३६३ ,मिना चौधरीले ३४७ ,रेणु गुप्ताले ३२९ मत र गुप्को समहबाट मुनीकुमारी गुप्ता ३४३ मत प्राप्त ल्याएर बिजय भएकी छिन् भने महत्मानको समुहकी किरण देवी झा ३१६ र गुप्को समहबाट मुना कुमारी पोखरेल ३०९, लक्ष्मी कुमारी गिरी ३१५र विणा देवी यादव ३१० मत ल्याएका थिए ।

महाधिवेशन प्रतिनिधिको १० खुल्ला सिटमध्ये महत्मान समुहबाट डा.सुबोध पोखरेल ३५९,हेमनाराया चौधरी ३५९,रामदेव साह ३५०,उमेश बस्नेत ३४५,खगेन्द्र कर्ण ३२६ मत ल्याएर बिजय भएका छन् भने गुप्ता प्यानलबाट पाँच जना बिजय भएका छन् ।जसमा

तेजनारायण यादब ३७७,राम अप्तार यादव ३२५ रामकुमार चौधरी ३५४ , शत्रुघन यादब ३३७ र घनान्द यादब ३२७ मत ल्याएर बिजय भएका छन् ।

प्रतिनिधिको १० खुल्ला सिटमध्ये महत्मान समुहबाट देवनारायण मण्डल ३१७, देवनारायण गोहित यदव (देवान) ३२०, जितबहादुर श्रेष्ठ २९६ बलराम मण्डल ३१० र मो. जिबरी्रल मियाँ ३०८ मत ल्यका छन भने गुप्ता प्यानलबाट पराजीत हुनेमा दिपक कुमार गुप्ता ३०४, महेन्द्र यादप ३११,राम नाथ देव ३००,युगेश्वर यादव ३१६ र शिव प्रसाद यादव ३०८ मच ल्याएका थिए ।

अन्य पदका लागी भएको निर्वाचनको मग गणना कार्य जारी रहको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?