Logo

एमाले महाधिवेशनमा सहभागी हुन गएका सप्तरीका एक युवकको मृत्यु

                     
Logo १५ मंसिर २०७८, बुधबार १७:०६    

१५,मंसिर,कञ्चनरुप ।

चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी एक युकको मृत्यु भएको छ ।

सुरुंगा नगरपालिका( ३ का ३३ वर्षीय भगलु सदाको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो ।

गाउँका स्थानिय नेताहरूसँग उनी चितवन गएका थिए।महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए। दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने । पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् । वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

,


लोकप्रिय छुटाउनुभयो कि ?