Logo

सिरहाको लहानबाट अवैध सुनसहित दुई जना पक्राउ

                     
Logo १५ मंसिर २०७८, बुधबार १६:००    

१५ मंसिर ,लहाल ।

सिरहाको लाहनबाट अवैध सुनसहित दुई जनालाई बुधबार पक्राउ गरेका छन ।

इलाका प्रहरी कार्यालय लहानको गस्ती टोलीले चेकिङका क्रममा स ८ प ६०७७ नम्बरको मोटरसाइकलमा सवार सप्तरी खडक नगरपालिका–११ का २५ वर्षीय तौहिद आलमको साथबाट ५० ग्राम सुन र सप्तरीकै बोदेबसाइन नगरपालिका–६ का २५ वर्षीय मो. सामिम अख्तरको साथबाट नेपाली नगद ५४ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका उनीहरुबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?