Logo

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक अध्यक्ष निर्वाचित

                     
Logo १४ मंसिर २०७८, मंगलवार १५:५१    

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेरदवार ओलीले १८०८ मत ल्याए भने उनका प्रतिस्पर्धि रोवलले २१३ मत पाए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका थिए ।

ओली नवौं महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनले त्यतिबेला माधवकुमार नेपाललाई झीनो मतान्तरले हराएका थिए ।

अहिले माधवले पार्टी विभाजन गरेर नेकपा ९एकीकृत समाजवादी० खोलिसकेका छन् । एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि माधवसँग गएका छन् । बामदेव गौतम पनि एमालेमा छैनन् । त्यसैले १०औं महाधिवेशनमा ओलीले रावललाई फराकिलो मन अन्तरले पराजित गरेको हो ।

अध्यक्षमा ओली र रावलले उम्मेदवारी दिएका थिए । माधव, झलनाथ र वामदेवले छाडेपछि एमालेमा ओलीले आफ्नो पकड बनाएका छन् ।

ओलीले आफू सर्वमम्त पुनः अध्यक्ष बन्ने प्रयास गरेका थिए । ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए ।दृष्टिबाट


लोकप्रिय छुटाउनुभयो कि ?