१७ मंसिर कञ्चनरुप ।


प्रदेश २ को महोत्तरी र सर्लाहीमा काँग्रेसले अहिलेसम्म वडा अधिवेशन तथा पालिका अधिवेशनसम्म गर्न सकेको कारण देखाउदै प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले सबै वडा र पालिकाबाट प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको नाम आएपछि प्रदेश अधिवेशनको निर्वाचन सत्र सुरु हुने कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएको हुन् ।













