Logo

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी

                     
Logo २५ मंसिर २०७८, शनिबार १७:५१    

२५ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, प्रकाशमान सिंह, विमेलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्

यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी देउवा समुहबाट सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महेन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुरले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्यायले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, शेखर कोइरालाको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ।

यस्तै, सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीको टुंगो लागेको छ।

अर्का नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका छन्। उनको समूहबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा छन्।

नेता विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। निधिको टिमको पदाधिकारीको नाम भने खुलेको छैन।

१३ औं राष्ट्रिय महाधिवेशनमा कांग्रेसमा तीन जना सभापतिका उम्मेदवार बनेका थिए।

१४ औं महाधिवेशन आइपुग्दा नेताहरूबीच सभापतिमा आकांक्षी बढेपछि सहमति हुन सकेन।


लोकप्रिय छुटाउनुभयो कि ?