२५ मंसिर कञ्चनरुप ।


प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पत्रकार जगतलाई सुदृढिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।
अर्थमन्त्री सहले आज नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरी शाखाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै बताएका हुन ।

नयाँ संरचनामा काम गर्न सजिलो नभएको भन्दै पहिलो चौमासिक सकिन लाग्दा खर्च भने कुल बजेटको १० प्रतिशत मात्र, चालुमा ८ र पुँजिगतमा २ कर्मचारीकै अभावले यो स्थिति हो अर्थमन्त्री सहले भने ।
यसै गरी नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देवले प्रदेश सरकारले सञ्चारमैत्री कार्यक्रम ल्याउन सकेन, जनकपुरमुखि प्रदेश सरकार हुँदैछ बताए । केही ब्यक्ति पत्रकार र अनलाइनको नाममा गलत गतिविधि गरिरहेको छ, महासंघ यसतर्फ गम्भीर छ, पत्रकारिता गर्नुछ भने आचार संहिता भित्र बसेर गर्नु वर्ने अध्यक्ष देवले औल्याए ।
आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवलेः सञ्चार मध्यमलाई सबल बनाउन काम थालिएको तर, कर्मचारी अभावले सोचे अनुरुप हुन सकेको बताए । यादवले भने केही अनलाइन मिडिया चरित्र हत्या हुने खालको समाचार सामग्री पस्किन उद्धत देखिएको बताए ।
यसै वर्ष पत्रकारको बिमा प्रदेश सरकारले गर्दैछ, आर्थिक कमजोर रहेका मिडियालाई उपकरण सहयोग र तालिम आयोजना गरिनेछ । लोक कल्याणकारी विज्ञापनको अख्तियार आउने बितिक्कै वितरण थालिने यादवले भनाई रहको छ ।
जसपा का नेता विनोद चौधरीले प्रजातन्त्र र गणतन्त्रको स्थापनामा मिडियाको अहम भुमिका, तर अहिले पनि गणतन्त्र खतरामा छ, गणतन्त्रलाई स्थायित्व गर्न सबैपक्ष हमेसा अग्रसर रहनु पने बताए ।
उक्त कार्यकmमा थारु कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिवनारायण थारु , पत्रकार मनोहर पोखरेल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तमाङ्ग जसपा मधेस प्रदेश २ समितिका उपाध्यक्ष शम्भु झा , रुपनी गापा अध्यक्ष हरेराम यादव लगाएकाले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रिया सिंह थारुको अध्यक्षता कार्यक्र समम्पन्न भएको थियो ।
।












