Logo

प्रदेश २ बाहेक सबै प्रदेशमा माओवादी केन्द्रको बन्दसत्र र उम्मेदवारी दर्ता हुँदै

                     
Logo २६ मंसिर २०७८, आईतवार १०:२०    

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश २ बाहेक सबै प्रदेशमा बन्दसत्र र उम्मेदवारी दर्ता हुँदैछ ।

शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलन अन्तर्गत आज (आइतबार) सबै प्रदेशमा बन्दसत्र र उम्मेदवारी दर्ता हुँदैछ ।

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यउमबाट एकैसाथ प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए ।

माओवादी केन्द्रले सोमबारसम्ममा प्रदेशको नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सक्ने जनाएको छ । केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार प्रदेश नम्बर दुईको पालिका अधिवेशन वाँकी रहेकाले पुस ३ गतेमात्र हुनेछ ।

बन्दसत्रमा सचिवले आफ्नो प्रदेशको प्रतिबेदन पेश गरेर पारित गर्नेछन् । सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ ।यसअघि सात जना पदाधिकारी रहने व्यवस्था भएकोमा अब प्रदेशमा ९ जना रहने निर्णय गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?