२६ मंसिर कञ्चनरुप ।


सप्तरीको कञ्चनरुप नगरपालिका १२ मा नेकपा (एकीकृत समाजवादी) को ३१ सदस्य वडा कमिटी गठन भएको छ ।
वडा स्तरीय कार्यकता भेलाबाट डल्लु मण्डलको अध्यक्षतामा ३१ सदस्य वडाकमिटि गठन भएको हो । कमिटिमा उपाध्यक्ष सविरन वि.वि. सचिव पुष्प कार्कि ,उप सचिव नजिर मिया , हेमा श्रेष्ठ लगायतका पदाधीकारी रहेका छन ।

उक्त भेलामा नेकपा ( एस) को केन्द्रिय सदस्य तथा सप्तरी जिल्लाको ईन्चार्ज रामप्रित पासवान,केन्द्रिय सदस्य,उपेन्द्र नारायण साह, केन्द्रिय सदस्य तथा सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने , क्षेत्र नं. १ ईन्चार्ज नारायण आचार्य ,जिल्ला कमिटी सदस्यहरु, जनवर्गीय संगठनका अन्य पदाधिकारीहरु लगायको सहभागीता रहेको थियो । यस अघि कञ्चनरुपमा पनि विष्णु देव चौधरीको अध्यक्षतामा ५१ सदस्य नगर कमिटि गठन भएको छ ।












