Logo

कांग्रेस महाधिवेशन : हालसम्म ३७७९ मत गणना, देउवालाई पछ्याउँदै कोइराला

                     
Logo २८ मंसिर २०७८, मंगलवार ०८:३४    

२८ मंसिर काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना अहिले भइरहेको छ । सोमबार मध्यरातमा मतदान सकिएपछि मंगलबार बिहान सवा ४ बजे राष्ट्रियसभा गृहमा मत गणना सुरु भएको हो ।

सुरुमा सभापति पदको मतगणना सुरु गरिएको थियो । पछिल्लो मतगणना अपडेट अनुसार शेरबहादुर देउवाको अग्रता कायमै छ । देउवाले अग्रता लिइरहेका छन् । अर्का प्रत्याशी शेखर कोइरालाले देउवालाई पछ्याइरहेका छन् ।

सभापतिका अरु उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ धेरै पछि छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । उम्मेदवारलाई विजयी हुन २३४० मत आवश्यक पर्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

यस्तो छ पछिल्लो मतपरिणाम अपडेट

मतगणना अनुसार हालसम्म ३ हजार ७ सय ७९मत गणना भइसकेको छ । जसमा शेरबहादुर देउवाले १७९८,मत कटाएका छन् । उनले१७९८ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले १४१३, मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले भने २५७ र विमलेन्द्र निधिले २१० मत पाउँदा कल्याण गुरुङले १७ मत पाएका छन् ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?