अम्विका दहाल


२९ मंसिर,राजविराज,।
गहँ वालि लगाउने वेलामा मलखादको अभाव भोग्दै आएका सप्तरीका आक्रोशित किसानहरुका बुधवार सप्तरी जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रदर्शनमा उत्रेका छन ।

एक बोरा खादको लागी कयौ दिन किसानहरू कृषि सामग्री कम्पनी लिमिटेड र सहकारीहरुमा धाउदा धाउदा अजित भए पछि सयौंको संख्याले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै टायर बालेर प्रदर्शन गरेका हुन ।
दुई सातादेखि निरन्तर धाइरहदा पनि कृषि सामग्री कम्पनी लिमिटेड र सहकारीहरुले र सायनिक मल नदिएपछि किसानहरु आन्दोलित भएका हुन् ।
महिनौं भैसका खेत जोतेर तयार पारेको खाद अभावले गहुँ छर्ने समय वित्न लागी सको तर गहुँ छर्न पाइएको छैन महादेवा गाउँपालिकाका किसान विशेश्वर मण्डलले गुनासो गरे । गहुँको विउ छर्ने बेलामा रसायनिक मल नपाउँदा आफुहरु मारमा परेको भन्दै बाध्य भएर आन्दोलित हुनुपरेको अर्की किसान सुशा देवले बताईन ।
प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र किसानहरु विच छलफलमा प्रजिअ गौतमले मागअनुसारको मल आपूर्ति नहुँदा वितरणमा समस्या स्वीकारदै जिल्लामा भएको जम्मा ८०० बोरा मल दामासहीले राजविराजका किर्ती सहकारी , माँ कांली सहकारी ,गहिल कृषि सहकारी र कृष्ण उपभोक्ता सकहारी लाई मल दिईने र त्यहाँबाट किसाहरुलाई प्रति किसानलाई २५÷२५ किलो मल उपलब्ध गराइने आस्वासन पछि किसानले प्रर्दन रोकेका छन ।
जिल्लामा ३५ हजार बोरा मलको माग रहेको भएता पनि ७ हजार ८३० जति बोरा मात्रै मल आपूर्ति भएकोे वितरणमा समस्या आएको हो । थप मलको लागी माथि माँग गरिएको छ केहि दिनमा मल आए पछि पुन वितरण गरिने प्रजिअ गौतमले बताए ।













