Logo

पोखरीमा माछालाई चारो हाल्ने क्रममा डुबेर ५२ वर्षीय पुरुषको मृत्यु

                     
Logo ६ पुष २०७८, मंगलवार १८:०२    

६ पुष, कञ्चनरुप ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा पोखरीमा माछाको चारो हाल्ने क्रममा डुबेर ५२ वर्षीय पुरुष मृत्यु भएको छ ।

अग्निसाईर कृष्ण सवरण गा.पा. वडा नं. २ ईटहर्वाका ५२ वर्षीयको बाबु नन्द चौधरीले आफ्नै पोखरीमा माछाको चारो हाल्ने क्रममा

पाखररीका मृत्यु भएको प्रहरीलो जनाक्एो छ ।

सोमबार दिनको ३ बजे पोखरीमा माछालाई दाना लगाउने भनी घरबाट निस्किएका चौधरी साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियोे । चौधरीलाई पोखरीलगायत आफन्तहरु भएको सबै ठाउँमा रातभर खोजतलास गरिएको स्थानीयले बताएका छन् । खोजी गर्ने क्रममा पोखरीमा विहान ८ बजे पुनः हेर्न जाँदा उनले लगाएको चप्पल पानीमा तैरिएको देखेपछि महजाल लगाउँदा उनको शव डुबेको अबस्थामा फेला परेको स्थानीयले जानकारी गराएका छन् ।

चौधरीको शवलाई आबश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ । चौधरीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको तथा घटनाबारे थप अनुसन्धन भईरहेको  सप्तरी  प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?