७ पुष कञ्चनरुप।


सप्तरीको कञ्चनरुपबाट बाट ब्राउन ( खैरो हिरोईन) सुगरसहित दुई जना भारतीय युवकलाई पक्राउ परेका छन ।
ब्राउन ( खैरो हिरोईन) । सुगर सहित भारतको विहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान पक्राय परेका छन।

कञ्चनरुप नगरपालिका–२ बरमझिया बीआर ५० आर २४९६ नम्वरको मोटरसाइकलमा २२ ग्राम ब्राउन सुगर बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध नियमानुसार म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।












