Logo

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक, १५३३ जना सहभागी हुने

                     
Logo ७ पुष २०७८, बुधबार १५:३९    

७ पुष,काठमाडौं।

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो बुधबार सार्वजनिक भएको छ । केन्द्रले आगामी पुस ११ बाट सुरु १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको आज लोगो सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले पार्टी कार्यालय पेरिस डाँडामा बुधबार पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरेका हुन् । लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ । लोगो भित्र अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र धार्मीक स्थलहरुको चित्र देख्न सकिन्छ । सम्मेलनमा १५ सय ३३ जना प्रतिनिधि सहभागी हुने पनि महराले जानकारी दिएका छन् ।

माओवादी केन्द्रका अनुसार आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।

यस्तै महराका अनुसार मनोनीत प्रतिनिधिमा पूर्वजनमुक्ति सेना, अन्य पार्टीबाट एकतामा आएका र छुटेकाहरू पनि सहभागी हुनेछन् । उनले महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देशभित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने बताए ।

भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागत द्वार राखिने भएको छ । सहरका मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने छ ।

 

 

 


लोकप्रिय छुटाउनुभयो कि ?