७ पुष , गोलबजार ।


सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाइ फरार भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर २ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नम्वर ६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

गत शनिवार राति करिब साढे ८ बजे गोलबजार नगरपालिका वडा नम्वर ६ मा दुई समुहबिच विवाद भएको थियो । सोही विवादमा दिपक साह लगायतका समुहले छुरा प्रहार गरेपछि वडा नम्वर ६ डोहटियाका २६ वर्षीय राम कुमार सदा र रिकेश सदा घाइते भएका थिए ।
घाइतेहरुलाई भूमिजा अस्पताल गोलबजार लगेकोमा थप उपचारको लागि आर।के। मेडिसिटी अस्पताल धनगढी लगेकोमा उपचारको क्रममा राम कुमार सदाको मृत्यु भएको र रिकेश सदाको उपचार भईरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।शनिवार गोलबजार नगरपालिका वडा नम्वर ६ स्थित लक्ष्मी मन्दिर देखि पश्चिम तर्फ जाने सार्वजनिक बाटोमा हो–हल्ला गर्दै आफ्नो घरतर्फ जादैं गरेको राम प्रसाद सदा लगायतको समुहलाई दिपक साह लगायतको समुहले किन हो–हल्ला गरेको रु हल्ला नगरी आफ्नो घर जानु भने पश्चात विवाद भई झगडा भएको थियो ।
घटना पश्चात स्थानीयहरुले आन्दोलन गर्दै राज्यमार्ग आवरुद्ध गरेका थिए । सोही प्रदर्शनको क्रममा प्रहरी तथा स्थानीयहरु घाइते भएका थिए ।












