Logo

अप्रवासन राष्ट्रिय संजालद्वारा दुई महिला पत्रकार सम्मानित

                     
Logo ७ पुष २०७८, बुधबार १७:३८    

७ पुस काठमाडौं ।

अन्तर्राष्ट्रिय अप्रवासी श्रमिक दिवस (२०२१ को सप्ताहव्यापी कार्यक्रम समापनको अवसरमा बुधवार सुरक्षित अप्रवासन राष्ट्रिय संजालले दुई पत्रकारलाई सम्मानित गरेको छ।

वैदेशिक रोजगार प्रवद्दनमा पत्रकारिताको माध्यमबाट भुमिका निर्वाह गर्दै आएको भन्दै पत्रकारहरुका लागि संजालले एक महिना अघि आह्वान गरेको खुल्ला लेखहरुमध्येबाट छनौटमा पारिएका दुईवटा लेखलाई संजालले सम्मानित गरेका छन।

वैदेशिक रोजगारी प्रवद्न बारे लेखिएका सत्य संयन्त्र पत्रिकाका सम्पादक तथा सप्तरीकी गोरखापत्रकर्मी ललिता साह र गोरखापत्रमे कार्यरत काठमाडौंकी सीता शर्माको लेखलाई छनौट गरी संजालले नगद र सहित सम्मान गरेको संजालका अध्यक्ष अशोक राणाले जानकारी दिनुभयो।

नेपाली काँग्रेसका नेता लक्ष्मण बस्नेत, बागमती प्रदेशका प्रदेशसभा सदस्य जगत सिम्खडाको विशेष उपस्थितिमा पत्रकारद्वयलाई १५र१५ हजार नगद र सम्मानपत्र सहित सम्मानित गरेका छन।


लोकप्रिय छुटाउनुभयो कि ?