Logo

स्थानीय चुनाव वैशाख १४ मा गर्न निर्वाचन आयोगको प्रस्ताव

                     
Logo ९ पुष २०७८, शुक्रबार १९:५८    

८,पुष ,काठमाडौं ।

निर्वाचन आयोगले आउँदो वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँग भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन् ।

आयोगले एकै चरणमा निर्वाचन हुन सम्भव नभएमा भने पहिलो चरणको निर्वाचन वैशाख १४ र दोस्रो चरणको निर्वाचन वैशाख २२ गते गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीसमक्ष यस्तो प्रस्ताव गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?