९ ,पुष कञ्चनरुप ।


नेपाल राहत शिक्षक कञ्चनरुपले दोस्रो नगर अधिवेशन सपन्न गर्दे १९ सदस्य कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
शुक्रबार भगवती राष्ट्रिय प्राथमिक विद्यालय कञ्चनरुप ८ कञ्चनपुरमा सम्पन्न अधिवेशनबाट पर्शुराम शर्माको अध्यक्षतामा १९ सदस्य कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

उपाध्यक्ष सोचेन्द्र कुमार यादव महिला उपाध्यक्ष प्रमिला साह सचिव रमेश प्रसाद तिमिल्सिना सहसचिव विनोद कुमार साह कोषाध्यक्ष रिना भट्टराई लगायत १९ सदस्य कार्य समिति सर्वसहमा भएको पर्शुराम शर्मा बताए ।
अधिवेशनबाट प्रमोद कटुवाल, अनुज यादव, भुवनेश्वर प्रसाद यादव, प्रकास कुमार दास, भावना सापकोटा सल्लाहकार समिति समेत चयन भएको छ ।
अधिवेशनको उदघाटन राहत शिक्षक र नम्बर प्रदेश सदस्य जितेन्द्र झाले गरेका थिए भने पर्शुराम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।












