Logo

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीको कार्यालय उद्घाटन

                     
Logo १० पुष २०७८, शनिबार ११:४१    

१० पुष ,राजविराज ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र राजबिराज सप्तरीको कार्यालय उद्घाटन भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अथिती राजबिराज नगरपालिकाकि उप (मेयर साधना झाले ब्यानर पढेर गर्नुभएको थियो ।

सँस्थाका प्रदेश संयोजक विजय ठाँकुरले वैदेशिक रोजगारमा गएका , गएर फर्केका , बिदेशमै मृत्यु भएकाहरूको लागी यो सँस्थाले दुस्खमा साथ दिने गरेको बताउनु भयो ।

सरकारले मात्र सबै कुरा हेर्न नसकेको ठाउमा यी सँस्थाहरुले ठुलो काम गरेको बताउनु भयो । सामी र हेल्वेटास का कार्यक्रम अधिकृत रामप्रमेस मण्डल भन्नुहुन्छ वैदेशिक रोजगारको क्रममा मृत्यु भएकाहरुको लागि राज्यको कल्याणकोषमा ७ लाख ब्यबस्था छ र जीवन बिमा १० लाख छ तर पनि बोनस समेत २१र२२ लाख परिवारले पाउने ब्यबस्था छ तर यसमा पनि दलाल छन् । सँस्थाकै मान्छेहरुले उनिहरुले पाउने रकमको अर्को चेक दिने र ब्त्ः आफुले राखेर बेलाबेलामा रकम झिक्ने गरेको पाइएको छ । सँस्थाका राजेन्द्र यादवले सँस्थाले २०७२ सालदेखी वैदेशिक रोजगारको क्षेत्रमा राम्रो काम गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ शाखा सप्तरीकि उपाध्यक्ष अम्विका दहाल , सह ( सचीव चन्दन यादब लागाएतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम सस्थाका अध्यक्ष जे.पि. सिन्हाको अध्यक्षतामा भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?