Logo

हाम्रो कृषि सहकारी संस्था १२ औं साधारण सभा सम्पन्न

                     
Logo १० पुष २०७८, शनिबार ११:४६    

१० पुष ,राजविराज ।

हाम्रो कृषि सहकारी संस्था लिमिटेड राजविराजले कृषि क्षेत्रलाई थप सबल बनाउन उद्देश्यका १२ औं वार्षिक साधारण सभाको सम्पन्न गरेको छ ।

संस्थाको शुक्रबार आयोजित १२ औं वार्षिक साधारण सभाको अवसरमा सो जानकारी दिँदै किसानलाई प्रोत्साहन गर्ने लक्ष्य सार्वजनिक गरेको हो । सभामा प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष अमिरनारायण यादवले राजविराज नगरपालिकाको सबै १६ वटै वडामा कृषक समूह गठन गर्ने काम अघि बढेको जानकारी दिए ।

प्रस्तुत वार्षिक प्रतिवेदनमा हालसम्म संस्थामा ३ करोड ५८ लाख ३८ हजार २ सय कारोबार भएको, शेयर पुँजी २७ लाख १९ हजार रहेको र ऋण लगानी १ करोड २३ लाख भएको उल्लेख गरिएको छ । संस्थामा हाल ४ सय जना शेयर सदस्य रहेका छन् ।

वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रबन्धक चन्द्रमणि भटराईले सहकार्य मार्फत सहकारीको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्वकेन्द्रिय सदस्य अवधेश झा, प्याबशन सप्तरीका अध्यक्ष देवानन्द चौधरी, समाजसेवी प्रेम श्रेष्ठ लगायतले पनि शुभकामना दिँदै सहकारी नाफामुखी मात्र नभई सामाजिक काममा पनि उत्तिकै योगदान दिन अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

पत्रकार महासंघ शाखा सप्तरीलाई एक थान स्टिल दराजसमेत प्रदान गरेको संस्थाले जनाएको छ । सो अवसरमा संस्थाका अध्यक्ष यादवले महासंघका उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वासलाई संयुक्त रुपमा दराजको साँचो हस्तान्तरण गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?