Logo

सप्तरीको छिन्नमस्ता वीरपुरमा एक महिलाको हत्या

                     
Logo १२ पुष २०७८, सोमबार १२:३७    

१२ पुस राजविराज, ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।

स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी जनाकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।

यता, सप्तरी प्रहरीका प्रवक्त प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटनातर्फ प्रहरी टोली खटाइएको बताए । ‘प्रारम्भिक अनुसन्धानले हत्या भएको नै बुझिन्छ, थप अनुसन्धान भइरहेको छ’, उनले भने ।

यसअघि गत मंसिर ८ गते सोही गाउँपालिका वडा नम्वर ६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या भएको थियो । सो घटना रहस्यमै रहेको अवस्थामा अर्को पनि सोही प्रकृतिको घटना हुनुले स्थानीय त्रसित बनेका छन् ।

प्रहरी नायव उपरीक्षक काफ्लेले सो घटनाबारे पनि अनुसन्धान भइरहेको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?